back
CTIZAN AD

खबरदारी

वि.सं.२०७४ फागुन १ मंगलवार

834 

shares

 

हो त्यहीनेर ढल्यो
मेरो सपनाको महल
सिमाना बेचेर स्वार्थको माला लगाएपछि
हो त्यहीनेर लुटियो
मेरो देशको अस्मिता

तिमीले
उसकै घामको उज्यालोमा
नाचेर छमछमी
आवश्यकताको आपूर्ति गर्यौ
र उसको लालचको
सवारीमा सवार भएर
सम्पन्नताको भ्रम छर्यौ
मानेर उसको तन्नेरी आदेश
हरेक बाँझो निर्णयको बगर सम्झायौ
र झुक्याएर पटक पटक मलाई
स्वतन्त्रताको नाटक रच्यौ
हो त्यहिनेर पिल्लिएको छ
मेरो देशको आँखा
मेरो सहनशिलतालाई कमजोरी ठानेपछि
हो त्यहिनेर पाछिएको छ
मेरो देशको मुटु
आज
हाँस्दैन ती सङ्कोच
मेरो फाटको तरेली
सिमाना दुखेर मेचीकाली

लिपृलेक रूँदैछ धरघरी
ढुक्कले घुम्दैन
मेरो समयको काँटा
र खोलाको लहरले
स्वतन्त्रताको गीत गाउँदैन आज
हो त्यहीनेर भत्कियो
मेरो एकताको बाँध

तिमीले
साँटेर मेरो माटोको सुगन्ध
उसकै आगन सुगन्धित बनायौ
र खिया पारेर मेरो आसामा
पराधिनको धार लगायौ
जब तिमीले
कमजोर ठानेपछि आफूलाई
उसँग सिद्धान्तको भिख माग्यौ
र समस्याको समाधान गर्ने बहानामा
बिनासको पैरो फुटायौ
हो त्यहीनेर छाम्यो उसले
मेरो देशको ढुकढुकी
नाकाबन्दी गरेर मेरा आवश्यकतालाई
ठान्यो मगन्ते
त्यतीबेलै उसले
आँखा गाडेर मेरो स्वाभिमानमा
तागतको शालिक ठड्यायो
लडाएर एक आपसमा
अधिकारको नाटक मञ्चन गर्यो

उ मेरै आगनीमा
होली खेलुँ भन्छ रगतको
र चुडालेर सद्भावको डोरी
युद्धको बेनी उमारूँ भन्छ
दबाबको कोर्राले
हिर्काएर देशलार्इ
बनाउँ भन्छ घाईते
र बिरामी बनाएर मेरो मानसिक्ता
आफ्नो शासनको रजाँइ गरूँ भन्छ
लादेर आफ्ना अरोैटेहरूलार्इ यहीँ
जबरजस्त
मेरो देशको बनाउन खोज्छ
र बहन गराएर पदीय जिम्मेवारी
मलाई उपनिवेशको बनाउन खोज्छ
तर खबरदार
ढल्दैन मेरो स्वाभिमान
गल्दैन मेरो बिश्वास
डग्दैन मेरो एकता
मेरा चन्द्र र सूर्यको कसम
अब म
आगोमा पानी भएर होइन
आगोमा आगो भएर दन्कनेछु
र डढाउनेछु
मेरा सिमानाका फोहोरहरू

इति

वि.सं.२०७४ फागुन १ मंगलवार ०३:२६ मा प्रकाशित

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...

कविता : आलिङ्गनको आलोक

कविता : आलिङ्गनको आलोक

शशीश्री आचार्य बौद्ध, कुमारीगाल -काठमाडौं साँझको सुनौलो आवरण ओढेर जब...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु, तनहुँ हाल चन्द्रागिरी , मातातीर्थ १. जनताको...