back
CTIZAN AD

केन्यालाई तीन विकेटले पराजित गरेपछि नेपालको तेश्रो जीत

वि.सं.२०७४ फागुन १ मंगलवार

747 

shares

१ फागुन काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले केन्यालाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जीत हासिल गरेको छ ।

नेपालले केन्यामाथि प्रतियोगितामा तेस्रो जीत हासिल गरेको हो । यस जीतसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । नेपालले यसअघि नामिविया, संयुक्त अरब इमिरेट्सलाई पराजित गरेको थियो भने ओमनसँग हार व्यहोरेको थियो । केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको अन्तिम ओभरमा लक्ष्य पूरा ग¥यो ।

नेपालका कप्तान पारस खड्काले ४२ रन जोडे । शरद् भेषवाकरले १९ रन जोडे, आरिफ शेखले ४२ रनको योगदान दिए भने ज्ञानेन्द्र मल्लले ९ रन बनाए । त्यस्तै रोहित पौडेलले ४७ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो ।

केन्याका लागि शुरुआती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का शुरुआती ब्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे । केन्यालाई १७७ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए । त्यसैगरी सोमपाल कामी, वसन्त रेग्मी र भेषावकरले एक एक विकेट लिएका थिए ।

वि.सं.२०७४ फागुन १ मंगलवार ०३:१५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...