back

केन्यालाई तीन विकेटले पराजित गरेपछि नेपालको तेश्रो जीत

वि.सं.२०७४ फागुन १ मंगलवार

213 

shares
NTC AD
Global IME AD

१ फागुन काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले केन्यालाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जीत हासिल गरेको छ ।

नेपालले केन्यामाथि प्रतियोगितामा तेस्रो जीत हासिल गरेको हो । यस जीतसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । नेपालले यसअघि नामिविया, संयुक्त अरब इमिरेट्सलाई पराजित गरेको थियो भने ओमनसँग हार व्यहोरेको थियो । केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको अन्तिम ओभरमा लक्ष्य पूरा ग¥यो ।

नेपालका कप्तान पारस खड्काले ४२ रन जोडे । शरद् भेषवाकरले १९ रन जोडे, आरिफ शेखले ४२ रनको योगदान दिए भने ज्ञानेन्द्र मल्लले ९ रन बनाए । त्यस्तै रोहित पौडेलले ४७ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो ।

केन्याका लागि शुरुआती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का शुरुआती ब्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे । केन्यालाई १७७ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए । त्यसैगरी सोमपाल कामी, वसन्त रेग्मी र भेषावकरले एक एक विकेट लिएका थिए ।

वि.सं.२०७४ फागुन १ मंगलवार ०३:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...