back
CTIZAN AD

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

वि.सं.२०७४ फागुन १ मंगलवार

744 

shares

१ फागुन, मलेखु, धादिङ । धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।
धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् ।
सडक डिभिजन कार्यालयले दुई वर्षअघि गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)अनुसार नेत्रावती नदी छेउबाट सडक खन्नुपर्नेछ । जिल्ला सुरक्षा समितिको बैठकले विकासका काममा अवरोध गर्न नइिदने र सुरक्षा प्रबन्ध गरी डिपिआर भएकै स्थानबाट सडक खन्न सुरक्षा प्रदान गरिने निर्णय भएपछि सडक निर्माणस्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी सडक खन्ने काम भइरहेको छ ।
गाउँबाट लाने भन्ने गाउँबासीको माग र डिपिआर गरिएको स्थानबाटै सडक खन्नुपर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकाले सडक खन्नका लागि विवाद आएको बताउँदै झर्लाङ निवासी मंग तामाङले गाउँबासीको भनाइअनुसार गाउँबाटै सडक खन्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७४ फागुन १ मंगलवार ०७:४६ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...