Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा श्रेष्ठ, रुष्ट डा पन्त



 

२ फागुन, काठमाडौँ  । स्वास्थ्यमन्त्री दीपक बोहराले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव डा बाबुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको जानकारी दिए । बाह्रौँ तहका डा श्रेष्ठले आउँदो चैतमा अवकाश पाउँदै छन् ।

नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ ।

मन्त्री बोहराले नियमविपरीत ११ औँ तहका डा तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि बहाल रहेका अर्का निमित्त महानिर्देशक डा राजेन्द्र पन्त आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा गुहार्न पुगेका थिए ।

सर्वोच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएसँगै विवाद उत्पन्न भइरहेको थियो । डा श्रेष्ठ महानिर्देशक भएसँगै डा पन्त आफ्नो दरबन्दी रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर र डा पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने बुझिएको छ ।(रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १