back
CTIZAN AD

खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला

वि.सं.२०७४ फागुन २ बुधवार

756 

shares

 

२ फागुन, खोटाङ । ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ ।

जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरे । भट्टराईले शिक्षा अधिकारी धनबहादुर श्रेष्ठलाई पूर्ण साक्षर जिल्ला भएको प्रमाणपत्र प्रदान गरेर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन् ।

पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक लाख ३९ हजार ९४१ निरक्षर नागरिकमध्ये एक लाख ३५ हजार १२९ जना साँवा अक्षर पढ्न र लेख्न सक्षम बनेपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । छुटेका तीन दशमलब ४४ प्रतिशतलाई पनि चाँडै साक्षर बनाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

जिल्लाका निरक्षर नागरिकले एकदेखि १०० अङ्क लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोबाइल चलाउन, सभा–समारोहमा बोल्न सक्ने लगायतका १२ सूचकमध्ये कम्तीमा सात सूचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको खुशियालीमा दिक्तेलबजारमा सांस्कृतिक झाँकीसहित विशाल ¥याली निकालिएको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, दुई प्राविधिक विद्यालय र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् ।(रासस)

वि.सं.२०७४ फागुन २ बुधवार १४:२१ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...