Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो



 

२ फागुन, बैतडी । चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई थप उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

जिल्लामा उपचार हुन नसकेपछि शत्रुमर्दन गुल्ममा कार्यरत हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

उनीहरुको काठमाडौँस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मंगलबार साँझ वर्षासँगैे एक्कासि परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका २२ सैनिक घाइते भएका थिए । घाइतेमध्ये १७ सैनिकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको