
३ फागुन, काठमाडौँ । च्याम्पियन्स लिगको पहिलो लेग अन्तर्गत रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा भएको खेलमा उत्कृष्ट जित हात पारेको छ ।
रियलले पहिलो खेलमा बलियो प्रतिद्वन्द्धी पिएसजीलाई ३ १ गोल अन्तरले हराएको हो । १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै रियलले जित निकालेको हो । रियलको जितमा रोनाल्डोले २ तथा मार्सेलोले १ गोल गरे । उता पिएसजीका राबियोटले पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६० मिनेट सम्म पिएसजीले खेलमा पकड जमाएको बेला जिदानले एउटा साहसी निर्णय गरे । उनले बेन्जेमालाई मैदानबाट निकाल्दै बेललाई मैदान पठाए त्यसको केहि समय पछि ईस्को र क्यासिमेरोलाई निकाल्दै एसेन्सियो र भाजक्वेजलाई मैदान पठाए । जसले गर्दा रोनाल्डो धेरै केन्द्रित भएर खेल्न पाए । एसेन्सियोले अन्तिम १३ मिनेटमा गरेको प्रदर्शन नै रियलको जितको टर्निङ प्वाईन्ट बन्न पुग्यो । उनले उत्कृष्ट पास निकाल्दै रियलको जितलाई शुनिश्चित गरे । जिदानले खेलाडी सब्स्टिच्युट गर्ने जोखिम मोले अन्तत ः जिदानबो साहसिक निर्णय रियलको जितको महत्वपुर्ण फ्याक्टर बन्यो ।
रियलले अब दोस्रो लेग अन्तर्गत पिएसजीको घरेलु मैदानमा अवे खेल खेल्ने छ ।