Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाका तीन नेपाली संस्थाले संयुक्त सम्मेलन गर्ने



अमेरिकामा स्थापित संघ संस्था चोईटिने, भत्किने, टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रियस्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन ।
गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षहरुले छापा बिज्ञप्ति जारी गर्दै सयुक्त प्रथम राष्ट्रिय सम्मेलन अमेरिकाको इलोनोइस राज्यको सिकागो शहरमा गर्ने निधो गरेका छन् । संयुक्त सम्मेलन अमेरिकन श्रमिक दिवस अर्थात् सेप्टेम्बर ३ ,२०१८ को सप्ताहको सेरोफेरोमा हुने तय भएको छ ।

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका –आन्मा),नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज –एएनए) ले पहिलो पटक हुन गइरहेको सम्मेलनमा यसरी संगै काम गर्ने भएकोमा अझ समुदायमा ज्यादा प्रभावकारी तथा दक्षतापूर्ण सेवा गर्न सकिने विश्वास लिएको सयुक्त छापा बिज्ञप्तिमा जनाएका छन् ।

उक्त छापा बिज्ञप्तिमा हाम्रा समुदाय सदस्यहरुले समसामयिक बिषयमा र मुद्दाहरुमा सामना गर्नु परेकालाई संयुक्त प्रयासबाट पहिचान गर्ने र यस्ता बिषयमा उचित समयमा सम्बोधन गर्न आवश्यक पर्ने जनाएको छ ।

नया पुस्ताको सहभागिता वृद्धि हुदै गएको अवस्थालाई उनीहरुलाई राष्ट्रिय स्तरमा छलफल तथा मुद्धाहरुको लागि मंच प्रदान गर्नु रहेको उल्लेख गरिएको छ । यसको साथै छापा बिज्ञप्तिमा हामीलाई नयाँ दृष्टि ,नया ध्येय तथा नया कार्यक्रमको आवस्यक भएकोले द्रुतत रुपमा झ्याँगिएको समुदायको आवस्यकतामा ध्यान दिन जरुरी भएको उल्लेख गरिएको छ ।

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरे, नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका नासाका अध्यक्ष माधव ढकाल तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) का अध्यक्ष मेदिनी अधिकारीले अमेरिकामा रहेका सवै समुदाय सदस्यहरुलाई सहभगिताको लागी सबैमा आग्रह गरेका छन् ।

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) का अध्यक्ष बाला घिमिरेले कुराकानी गर्दै एकताको सकारात्मक संदेश जाने हुनाले लामो समय देखि चलिरहेको हाम्रो प्रयास सफल भएको बताए । अध्यक्ष घिमिरेले भने हामीले सिकागोमा सयुक्त सम्मेलन गर्ने निधो गरेका छौ । अब सम्मलेन समिति निर्माण हुने,कार्यक्रमस्थल तय हुने थुप्रै काम बाकि रहेकोले केवल अमेरिकन श्रमिक दिवसमा प्रथम सम्मेलन मात्र गर्ने निर्णय गरिएको जनाए ।

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ सयुक्त सम्मेलन नर्थ क्यारोलिनामा २०१७ मा सम्पन्न भएको थियो ।

तर उक्त सम्मेलनमा पनि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) को सकृय सहभागिता रहनुको साथै एकताको बेजोड प्रयास रहेको थियो । स्मरण रहोस्, एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना संयुक्त सम्मेलनको साधारणसभाले तत्कालिन समयको लागि तीनवटा संस्थाको संयुक्त सम्मेलन गर्ने बिषयलाई लिएर प्रस्तावलाई पारित गर्न असमर्थ रहेको थियो ।

हाल नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को नेतृत्व परिवर्तन संगै एकताले राम्रो संदेश जाने र सबै समुदायलाई समेट्न सकिने सम्भावना देखेकोले नासा समितिले सयुक्त सम्मेलन उपयुक्त ठहर गर्दै पारित गरे पछि तीन वटा संस्था को सयुक्त सम्मेलनको द्वार खुलेको हो ।

यसै गरि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए) ले सन् २०१५ को नेपालमा गएको भूकम्पको असर सवैमा परेकोले सम्मेलन गर्न उचित नठानी अन्तिम समयमा रद्ध गर्नु परेको थियो भने सन् २०१६ मा एटलान्टा सम्मेलन गरेको थियो ।

सन् २०१७ मा एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका –आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनमा अन्तिम समय सम्म एएनए सयुक्त रुपमा गर्ने प्रयास गरेको थियो । सन् २०१७ मा बाल्टिमोरमा एएनएले बार्षिक सम्मेलन नामक कार्यक्रम गरि मनाएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार हेको छ । राष्ट्र बैंकको

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा