
पढाउन सक्तिन छोरा मेरा आमा बा भन्छन्
बाँझो जोत कि सरकारी जागिर खा भन्छन्
कति नीति नेता फेरिए सरकार बन्छ अझै ‘नि
उध्योग धन्दा बन्द गरेर खाडीतिर जा भन्छन्
सुन्दैछु बन्दै छरे हाम्रो गाउँघर शहर जस्तो
देशमै छ अवसर फर्किएर चाँडो आ भन्छन्
बाँचेर आए थोत्रो शरिर लिएर विदेशबाट
एउटै आसा छ पक्कै बृद्धभत्ता ला भन्छन्
इति