back
CTIZAN AD

नेपाली संघीय समाज कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७४ फागुन ६ आइतवार

660 

shares

शेर साङबो शेर्पा, कोरिया,सौल । नेपाली संघीय समाज (नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ‘पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै काङ्माङले पहिचान वारे प्रष्टाउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वान्तवा राईको कोखमा जन्मेर आफ्नो पहिचानको कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरे सँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्र यादव रहेको बताए ।

हिजो नेपाललाई पहिचान सहितको संघिय प्रणालीमा विकास गरेर लानु पर्छ भनेर उपेन्द्र यादवले आन्दोलन गर्दा त्यो आन्दोलनलाई बिखन्डनकारीको संज्ञा दिनेहरु आज बाध्य भएर संघियता स्वीकार गर्न आईपुगेको उनको भनाई थियो ।

संघियताबाट यतिवेला कोहि लाभान्वित भैरहेका छन् भने हिजो संघिताले देश टुक्रयाउछ भन्नेहरु नै बढी लाभान्वित भैरहेको सचिव काङ्माङले आरोप लगाए ।
पहिचानको प्रसंग जोड्दै सचिव काङ्माङले माओवादीले समाजको अन्तरविरोध विभेदलाई सतह सम्म मात्र ल्याए संस्थागत गर्ने सवालमा माओवादी चुकेको र अन्तत जनताले दण्डित गरेको बताए । उनले डाक्टरले बिरामीको खुट्टा भाचिएको एक्सरे मार्फत पत्ता लगाए तर काम्रो लगाएर उपचार गरि पिडित बिरामीलाई तन्दुरुस्त नबनाई झनै पीडित बनाएर वेवारिसे अवस्थामा पुर्याए झैँ गरि पहिचानको आन्दोलनलाई पनि माओवादीले त्यहि अवस्थामा पुर्याएको आरोप लगाए ।
काङमाङले एमाले कांग्रेस त पहिचानको कुरै सुन्न नचाहने शक्ति भएका कारण उनीहरुबाट अपेक्षा गर्न ब्यर्थ रहको भन्दै यदि मुलुकलाई समृद्धितिर लैजाने हो भने समाजको अनुहार जस्तो छ राज्यमा त्यो अनुहार झल्किनु पर्यो र एकाङ्की दृष्टिकोण एकाङ्की मनोविज्ञानको अन्त्य गरि साझा मनोविज्ञान निर्माण गर्नु पर्यो त्यो कुरा आफुहरुले माग गरेको काङ्माङले वताएका छन् ।


काङ्माङले आफुहरुले उठाएको समानुपातिक समावेशी प्रणाली र विद्रोहको रापतापले शेरधन राई मुख्यमन्त्री नियुक्त भएको जिकिर समेत गरे ।
थप सन्दर्भ जोड्दै काङ्माङले अहिले लागू भएको संघियता भौगोलिक प्रशासनिक आधारमा मात्र केन्द्रित भएको हुँदा यसले आफूहरुले भनेको पहिचान सहितको ११ प्रदेश हुन नसकेको वताउदै यतिवेला प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा सरकार बन्दैछ जुन प्रदेश पहिचानमा आधारित बनेको छ भने अवको पहिचानको आगो २ नम्वर प्रदेशबाट सल्केर पहाड हिमालसम्म पुग्ने बताए ।


प्रशिक्षण कार्यक्रम मा बोल्दै काङ्माङले पहिचान र समृद्धि एक सिक्काको दुई पाटा रहेको बताउँदै यदि देश समृद्धि छ पहिचान छैन पहिचान छ समृद्धि छैन भने मुलुक द्वन्दतिर धकालिन्छ जस्तो स्कटल्याण्ड गरिव भएर वेलायतसंग छुट्टिन खोजेको हैन उ समृद्ध हुदाहँुदै पनि पहिचान र अस्तित्वको लागि छुट्टिन खोजेको हो भन्ने जस्ता उदाहरण दिए ।
अजम्बर काङ्माङले कोरियामा बस्ने नेपालीहरुलाई सामुहिक हिसावले नेपाल फर्केर त्यहाँ सिकेको सिप र आर्जेको पुजीलाई एकमुस्ट रास्ट्र निर्माणमा लगानी गर्न समेत आग्रह गरेका छन् ।
उक्त अन्तक्र्रिया कार्यक्रममा बिभिन्न राजनीतिक दलहरुबाट पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरु नेफेसो मा प्रवेश गरेका छन ।
नेफेसो कोरियाले फरवरी १७ तारिक बिहान पार्टी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेका छन । संघिय समाजवादी फोरम नेपालको केन्द्रीय सचिब अजम्बर राई कामबाङ कोरिया बसाईको क्रममा शेर्पा संघ कोरियाद्वारा आयोजित ग्याल्पो ल्होसार साँस्कृतिक कार्यक्रममा समेत सहभागी भई यही २० तारिक बिहान हङकङ हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

वि.सं.२०७४ फागुन ६ आइतवार ०७:३१ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...