back
CTIZAN AD

शेर्पा संघ कोरियाले ग्याल्बो ल्होसार मनायो

वि.सं.२०७४ फागुन ६ आइतवार

741 

shares

विश्वको सयौँ राष्ट्र माझ टल्किरहेको सगरमाथा र विश्व शान्तिको अग्रदूत भगवान बुद्ध जन्मेको देशको रूपमा परिचत नेपाल बिभिदतामा एक र प्राकृतिक सुन्दरताको खानी भएको राष्ट्र नेपालको आन्तरिक ब्यवस्था र अवस्थाका कारण लाखौ लाख युवा जनशक्ति बिभिन्न पेशा ब्यवशाय र रोजगारीको निम्ती बिदेश पलायन हुने क्रम दिन दुई गुणा रात चौगुना बढिरहेको देखिन्छ ।
यो राष्ट्र र समाजको लागि निकै दुखत विषय हो । तर स्वाभिमानी नेपालीहरु जूनसुकै मुलुक गए पनि आफ्नो स्वाभिमान उच्च राख्न राष्ट्रको कुनै पनि मौलिक पर्व संस्कार सस्कृतिकलाई आफ्नो समय अनुकूल मनाउने गरिरहेका छन ।
त्यसैगरी कोरियामा पनि शेर्पा सँघ दक्षिण कोरियाद्वारा कोरियन नयाँ वर्षा (सलनाल) मा भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान ! ‘ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा’ का साथै कोरियामा क्रियाशील संघ–संस्था र नेपाली दाजूभाई तथा दीदी बहिनीहरु माझ एकता समुन्नय र सद्भाव बढाउन शुभकामना आदान–प्रदान गर्दै नेपालको राष्ट्रिय मौलिक पर्व स.फो.खिलो २१४५ औ ग्याल्बो ल्होसा कार्यक्रम भब्य र सभ्यरुपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

ग्याल्पो ल्होसारको औपचारिक कार्यक्रमको सभापतित्व शेर साङबो शेर्पाले गरेका थिए भने प्रमुख आतिथ्यता नेपाली राजदूतबासका राजदूत अर्जुन जंगबहादुर सिंह तथा विशेष अथितिमा आदिवाशी जनजाति महासंघ दक्षिण कोरिया आई सि.सी एसिया प्याशीफिक उपसंयोजक बिनोद कुंवर, गैरआवसीय नेपाली संघ कोरियाको अध्यक्ष लक्ष्मी गुरूङ, नेपाल संघिय समाज फोरम नेपालको केंद्रीय सचिब अजम्बर कामबंग राई लगायतका अतिथि बिभिन्न जातीय, क्षेत्रीय, राजनीतिक दलका भातृ संगठन, लगायत थुप्रै नेपाली भाषी, धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमको उद्घाटन सभापति र प्रमुख अथितिले संयुक्त रुपमा दियो बाली उद्घाटन गरिएको थियो भने स्वागत मन्तब्य वरिष्ठ उपध्यक्ष पासाङनुर्बु शेर्पाले गरेका थिए ।


कार्यक्रम उत्घाटन पश्चात प्रमुख अथिति लगायत उपस्थित सबै संघसंस्थाका प्रमुखहरुले क्रमश आफ्नो मन्तब्य राख्ने क्रममा ग्याल्बो ल्होसार नेपालीहरुको राष्ट्रीय पर्व रहेकोले सबै नेपालीले मिलेर मनाउनु पर्ने बताए । साथै प्रवाशी भूमिमै भए पनि शेर्पा संघले विशेष आफ्नो मौलिक पर्वको संरक्षण र बिकाश गर्न कार्यक्रम आयोजना गरेकोमा खुलेर प्रसंशा गर्नुका साथै आगामी दिनहरुमा थप उन्नति प्रगति होश भन्दै सुभकामना दिए ।

औपचारिक कार्यक्रम अन्तमा सभापति शेर साङबोले आफ्नो मन्तव्य राख्दै कार्यक्रम उद्देश्यवारे प्रकाश पार्नुका साथै ऐतिहासिक संस्कृतिको बिकाससँगै सस्कृतिको नाऊमा बढ्दो बिकृति, बिसंगति र भ्रमलाई चिर्दै सु–संस्कृतिको बिकास गर्न आवश्यक रहेको बताए । वर्तमान नेपालमा शेर्पा,तामाङ, गुरूङ, समुदायले ल्होसारलाई जाति विशेषकोमा बिभाजन गरेको देखिएको र जून कुरा इतिहासले गलत साबित गरेको बताए । उनले यो ल्होसार कुनै जाती विशेषको मात्र नभएर अब सबै नेपाली जातीको पर्व भइसकेको हुनाले आगामी दिनहरुमा यदी ल्होशार मान्ने समुदायहरू सबैले बौद्ध धर्मको सिद्धान्त र मूल्य मान्यतालाई कायम राख्ने हो भने र रास्ट्रिय तथा सामाजिक साँस्कृतिक बिभितामा एकता र सुन्दरता कायम गरी सभ्य र समृद्धि समाज निर्माण गर्नका लागि बहस र छलफलबाट एउटा आधिकारिक ल्होसार बनाएर मनाउन सकिने पनि उनले बताए ।
अन्त्यमा ग्याल्पो ल्होशार साँस्कृतिक कार्यक्रम सफल बनाउन आफ्नो कार्य ब्यस्तताका बाबजुत पनि आर्थिक, भौतिक, नैतिक साथ सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गर्दै विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुको जीवनमा सुःख शान्ति समृदि ल्याओस भन्दै ग्याल्पो ल्होशारको शुभ कामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय डिजेले बिभिन्न चर्चित रिमिक्स गीतहरु बजाएर दर्शकहरुलाई नचाएका थिए । साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिले भरपूर मनोरंजन दिएका थिए ।
दर्शकहरु उत्शाहजनक सहभागीतारहेको उक्त कायएक्रममा उपस्थितहरुलाई बिभिन्न कोरियन तथा नेपाली परिकारको स्वाद वाइन र गीत संगितमार्फत निकै मनोरन्जन लिईएको प्रतिकृया दिए । कार्यक्रम कोरियाको राजधानी सौलस्थित वाङसिपनी याक लाइन नं २ ख्याबो सेम्योंग बिल्डिङमा फरवरी १७ तारिक तारिक साँझ ७ बजेदेखि देखि बिहान ६ बजे सम्म भएको थियो ।

वि.सं.२०७४ फागुन ६ आइतवार ०८:०१ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...