back
CTIZAN AD

टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत

वि.सं.२०७४ फागुन ६ आइतवार

714 

shares

६ फागुन, काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ ।

नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिए ।  ।

कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत श्रेष्ठ जापान–नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत हुन् ।

“समृद्ध राष्ट्र निर्माणका लागि जापानको प्रविधि तथा लगानी नेपाललाई आवश्यक छ, दुई देशबीच हुने व्यापार प्रवद्र्धनले नेपाल–जापानको आर्थिक, सामाजिक, सांस्कृतिक र पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगिनेछ”– अवैतनिक वाणिज्य दूत श्रेष्ठले भने ।

जापानलगायत विश्वका १८ शहरमा अवैतनिक वाणिज्य दूत नियुक्त गरी व्यापार प्रवद्र्धन एवं लगानी आकर्षणको वातावरण बनाउन लागिएको चेम्बरले जनाएको छ ।

वि.सं.२०७४ फागुन ६ आइतवार ११:४३ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...