back
CTIZAN AD

लालिगामा ६ हजार गोल गर्ने रियल पहिलो टिम

वि.सं.२०७४ फागुन ७ सोमवार

684 

shares

real-madrid

७ फागुन, काठमाडौँ । स्पेनिश घरेलु लिग लालिगामा रियल म्याड्रिड ६ हजार गोेल गर्ने पहिलो टिम बनेको छ । हिजो राति सम्पन्न खेलमा रियल बेटिसलाई ५ ३ गोल अन्तरले हराएको रियलले स्पेनिश लिगमा पहिलोपटक ६ हजार गोल पुरा गरेको हो ।   रियलका मार्को एसेन्सियोेले ५९ मिनेटमा गरेको गोल सँगै रियलले उक्त कोशे ढुंगा पुरा गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको हिजोको खेलमा पहिलो हाफमा पछि परेको अवस्थालाई उल्ट्याउदै रियलले उत्कृष्ट जित हात पारेको थियो । रियलका लागि मार्को एसेन्सियोले २ तथा रोनाल्डो, रामोश तथा बेन्जेमाले  १\१ गोल गरे । जितसँगै रियल २३ खेलबाट ४५ अंक सहित लालिगाको चौथो स्थानमा छ ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०३:४६ मा प्रकाशित