back
CTIZAN AD

यस्तै छ मेरो सहरमा

वि.सं.२०७४ फागुन ७ सोमवार

891 

shares


मनहरू मनसँग
ठोसिँदैछन्
सायद यहाँ
भेदभावपूर्ण भातृत्वको
ज्वालो दन्किन्छ होला

मेरो सहरको सद्भावनामा
सधै खडेरी लाग्ने गर्छ
भरोसाको रोपाईं त
नभएको धेरै भयो

गोबरे च्याउझैं जताततै
फस्टाएको छ भ्रष्टाचार
मेरो सहरको शान्ति
उसै हराएपछि
सुख र सम्वृद्धि पनि
उसलाई खोज्न
निस्किएछन्
बुद्ध सँगसँगै

विकासको बाटोमा
पराई हस्तक्षेप खडा भएपछि
जति नै मलजल गरेर
विश्वास रोपे पनि
अन्त्यमा विश्वासघात नै
फलिरहेको छ मेरो सहरमा

असत्यको बजारमा
धर्मको किनबेच
हुन थालेपछि,
हेर्दा-हेर्दै
मेरो सहरमा
सत्यको
हत्या भयो

इति

वि.सं.२०७४ फागुन ७ सोमवार ०४:२१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...