back
CTIZAN AD

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

वि.सं.२०७४ फागुन ९ बुधवार

606 

shares

९ फागुन, रत्ननगर, चितवन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिए । त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली जंगल पठाइने उनले बताए ।

जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रमको सहयोग र समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सालकको अध्ययन गर्न लागेको हो । चितवनको कयरखोलादेखि भण्डारा ब्लकमा अध्ययन हुने भट्टराईले जानकारी दिए ।

मुख्यगरी सालकको अवस्था पत्ता लगाई यसको संरक्षित क्षेत्र बनाउने योजनाका साथ अध्ययन हुन थालेको जिल्ला वन अधिकृत केदार पौडेलले बताए ।

नेपालमा सालकको राम्ररी अध्ययन हुन सकेको छैन । स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

विश्वमा आठवटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक मात्रै पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले जैविक विविधतामा पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्ने वन्यजन्तु विज्ञले बताएका छन् ।

सालकको अवस्थासँगै कुन प्वालमा सालक बस्छ, कस्तो प्रकृतिको माटोमा यसको वासस्थान हुँदो रहेछ भन्ने कुरा पनि अध्ययन गरिने कोषका अनुसन्धान अधिकृत भट्टराई बताउनुहुन्छ ।

स्याल दुम्सीले पनि प्वाल खनेको हुन्छ । सालकको र अन्य जनावरको प्वालमा के फरक छ भन्ने पनि अध्ययन हुनेछ ।

वि.सं.२०७४ फागुन ९ बुधवार ०६:४९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...