back
CTIZAN AD

‘मध्यरातमा अर्धमुर्छित श्रीमती बोकेर टिचिङबाट निस्कनु पर्दा’

वि.सं.२०७४ फागुन १० बिहीवार

735 

shares

घटना मिती २०७४ साल फागुन ८ गतेको हो । स्वासप्रस्वासमा समस्या देखिएको कारण दिउँसो १ बजे श्रीमतीलाई हस्पिटल लानु पर्ने भयो र उपचारको लागि टिचींग हस्पिटल लिएर गएँ । ईमरेजेन्सीमा उपचारको लागि उनलाई पुर्याउँदा उनको अवस्था गम्भीर भैसकेको थियो । हामी आत्तियौं । न उपचार छ न बेड, न क्याबिन ! आकस्मिक कक्ष जस्तो अति संवेदनशील ठाउँमा ४ जना सम्मलाई एउटै बेडमा रखिएको थियो ।

कक्षमा पीडाले छ्ट्फटाएका बिरामीहरुको क्रन्दन गुञ्जिरहेको थियो । यधपी चिकित्सकहरु त्यहि हालतमा सेवा दिन प्रयाश गरिरहेका थिए । थुप्रै बेगरको कोशिश र हारगुहार पछि कोठा त पाईयो तर ८ बजे तिर उनीहरुबाट द्यक्ष्एब्ए मेसीन छैन रे भन्ने खबर पाईयो । सुनेर म आहत भएँ र केही सीप नलागेपछि श्रीमतीलाई बोकेर टिचींगबाट ओम हस्पिटल आएँ ।
हो मलाई थाहा छ, यो व्यापारिक संस्था हो । तर, म नचाहेरै पनि बाध्य भएँ, किनकी दुईवटा जवान छोरा गुमाईसकेको मलाई उनी तलमाथि पर्लिन् कि भन्ने डर छ । त्यसैले म बाध्य भएर ओम हस्पिटल पुगें । अहिले ओम हस्पिटलको ईन्टेसिव केयर युनिटमा उनको उपचार भैरहेछ । भगवानको कृपा र सहृदयीहरुको आशिर्वाद र डाक्टरहरुको सहयोगले उनले स्वास्थ लाभ गर्दैछिन् । आशा छ उनी पहिलेकै अवस्थामा फर्किन्छन् र मेरो सामाजिक कार्यमा साथ दिन्छिन् ।
अहिले म ओम हस्पिटलको ईन्टेसिव केयर युनिटको बाहिर छु । मसँग मेरो कान्छु र सहयोगीहरु छन् । घरमा एक्लै परेकी बुढि आमाको अनुहार सम्झिदैछु । तर कानमा टिचींग हस्पिटलको बिजोगमा अर्ध बेहोशी अवस्थामा लक्ष्मीको भनेका कुरा याद आईरहेको छ ‘यहाँ यस्तो बिजोग रहेछ , बिसवटा वेड हामी थपिदिन पाए हुने ।’
मैले बिस्तारै अहिले धेरै नसोच तिमीलाई गार्हो हुन्छा भनि टारे । ‘आफुले भोग्नु परेको पिडा सम्झेर सोच्दै थिएँ ,बेड होईन लक्ष्मी यिनको मनमा मानवता थप्नुपर्ने भएको छ ।’
सांच्चिकै अरबौं खर्चेर संचालन भएको सर्वसाधारणको पहुँच भएको भनिएको अस्पतालको मानसिकता देखेर मेरो मन कुढिएको छ ।भाग्यले साथ दिएछ भने हाल लक्ष्मी प्रतिष्ठानद्वारा निशुल्क संचालित कांदा क्लिकलाईनै अस्पताल बनाई आपतमा परेकाहरुलाई स्वच्छ सेवा प्रदान गर्नेछौ ।
अन्त्यमा, म जतिको अलि अलि जानेको, बुझेको, राजधानीमा बस्दै आएको, थोरै भएपनि समाजमा आफ्नो पहिचान बनाई सकेको मानिसलाई पनि राज्यले अरबौं रुपैंया खर्चेर संचलान गरेको अस्पतालमा टिक्न नसकी मध्यरातमा अर्ध मुर्छित श्रीमतीलाई बोकेर रुँदै ब्यापारीको शरणमा पुग्न बाध्य बनाईन्छ भने दूर दराजदेखि उपचारको आश लिएर त्यहाँ आएकाहरु कति सताइएका होलान ? यसरी म जस्तै आश गरेर उक्त अस्पताल पुगेका बिरामीहरु कति जनालाई दिनहुँ मलाई जस्तै रुवाउँदै बिदा गर्छ होला ? सोच्दा सोच्दै भरंग भएर आउँछ आफैंलाई धिक्कार्न मन लाग्छ ।
लेखक गौतम, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष हुन् ।

वि.सं.२०७४ फागुन १० बिहीवार ०२:२९ मा प्रकाशित