back
CTIZAN AD

शिक्षितले नै खादैनन् हात्तीपाइलेको औषधि

वि.सं.२०७४ फागुन १० बिहीवार

654 

shares

१० माघ, दाङ । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर, नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुभ्mने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

“बुभ्mने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर–बजारमा झनै यसको सेवन गर्नेको संख्या निकै कम छ”, जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भने । विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ । दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खानेगरेका र अन्य जान्नेबुभ्mनेले औषधि नखाइदिने समस्या रहेको बताउए । त्यसैगरी, गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ । राज्यले यसको सचेतनाका लागि अर्बांै रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हाले झँै भएको छ । हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् ।

गर्भवती, दुई वर्ष नपुगेका केटाकेटी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला, फोक्सोको दीर्घरोगी तथा छारे रोगका बिरामीले औषधि सेवन गर्न नहुने र अन्य सबैले यो औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

दाङमा यही फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको हात्तीपाइले रोग निवारण विरुद्धको कार्यक्रमअन्तर्गत औषधि खुवाउने कार्यक्रम रहेको छ । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रका व्यक्ति र सरोकारवालालाई जानकारी गराउन शुरु गरिएको छ । तर औषधि भने जिल्लामा नआएको बताइएको छ ।

वि.सं.२०७४ फागुन १० बिहीवार ०३:०४ मा प्रकाशित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि...

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ मा दुई जना किरियापुत्रीले मतदान...

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

काठमााडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...