back
CTIZAN AD

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

वि.सं.२०७४ फागुन १० बिहीवार

738 

shares

१० फागुन, लिबाङ, रोल्पा । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ ।

टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग लागेको हुनसक्ने भनेपछि उहाँ थप चिन्तित बन्नुभएको छ ।

यसरी बिरामी परेका सुनारको स्वास्थ्यमा समस्या बढेसँगै पेशा नै रोकिने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोल्न थालेको छ । “कोइला पोल्न जानुपर्छ, फलाम चाहिन्छ । खुकरी बनाउने पेशा सजिलो छैन । तर रोजीरोटीका लागि यही पेशा नगरी सुख छैन,” उहाँले भन्नुभयो ।

सुनारका क्रमशः २२ वर्ष, १९ वर्ष, १६ वर्ष, ११, वर्ष, ९ वर्ष र ८ वर्षका गरी ६ सन्तान छन् जसमध्ये माथिका दुई छोरी र एक छोराले १४÷१५ वर्षकै उमेरमा प्रेम विवाह गरेर हिँडिसकेका छन् भने दुई छोरी १५÷१६ वर्षकै उमेरमा आमा बनिसकेका छन् ।

आफूले सानैमा आमाबाबुको मृत्यु भएका कारण पढ्न नपाए पनि छोराछोरीलाई ऋण काडेरै भए पनि पढाउने उहाँको तीव्र चाहना थियो । तर छोराछोरी बिहे गर्दै जाँदै गर्नुले उहाँको सपना साकार हुन सकिरहेको छैन । जिल्लामा बालविवाह अन्त्यका लागि अभियान चले पनि यस्ले कुनै असर नपारेको उहाँको गुनासो छ । हाल घरमा भएका सन्तानले पनि यसैगरी पढाइ छोडेर बिहे गर्लान् कि भन्ने चिन्ताले उहाँलाई दिनरात पिरोल्न थालेको छ । “यिनै छोराछोरी पढाएर आँखा देखाउन पाए बूढेसकालमा सहारा बन्लान् भन्ने लागेको तर फटाफट पोइल हिँडेर सकिन लागे,” उहाँले दिक्क मान्दै भन्नुभयो ।

जेठो छोरो पनि १६ वर्षकै उमेरमा विवाह गरेर इँट्टाभट्टा छिरेपछि उहाँमा थप निराशा बढ्न थालेको छ । घरमा भएका छोराछोरी साना छन् । पखेटा उम्रेका चरीले गुँड छोडेर हिँडेपछि उहाँलाई आफ्नोभन्दा सन्तानको भविष्यको चिन्ताले सताउने गर्छ । यता घरखर्च, उता उपचार खर्च जुटाउनुपर्ने भएपछि बिरामी परेका साकुरेले बुधबार ९ वर्षीय छोरा विशाल सुनारलाई डोकोभरि खुकुरी बोकाएर सदरमुकाम आइपुग्नुभएको थियो । विशाल हाल गाउँकै विद्यालयमा कक्षा ३ मा अध्ययन गर्छन् । ६ जना सन्तानमध्ये उनी बीचका हुन् । साकुरे अशक्त भएपछि ९ वर्षीय विशाल हाल उनका बुबाको सहारा बनेका छन् ।

किताब कापीको झोला थमाउन मुस्किल पर्ने विशालको सानो पिठ्यूँमा १५ वटा खुकुरीले भरिएको डोको थियो । चरचरी फुटेका हात, उस्तै धुलाम्य खुट्टा, पैतालामा च्यातिएको चप्पलको भरमा उनी बाबुको साथमा सदरमुकाम आइपुगेका हुन् ।

“घरमा नून–तेल सकिएको छ । आफूलाई उपचार गर्ने पैसा पनि छैन, त्यसैले छोरालाई खुकुरी बोकाएर यता आएको हुँ,” उहाँले भन्नुभयो । आफूले नसकेको बेला ग्राहकले रु पाँच हजारको खुकुरी तीन हजारमा र तीन हजारको खुकुरी रु एक हजार ५०० देखि दुई हजारमा उठाएपछि यो महिना धान्न गाह्रो हुने भन्दै उहाँले दुखेसो पोख्नुभयो । “गरिबी तथा बेरोजगारीका कारण जिल्लामा विशाल जस्तै धेरै बालबालिका रोजीरोटीका लागि ठूलो श्रम गर्न बाध्य छन् । बालअधिकारका चर्का नारा बोक्नेको यसतर्फ समयमै ध्यान जान जरुरी देखिन्छ,” रोल्पा नगरपालिकाकी सरस्वती रिजालले भन्नुभयो ।

यस्तै, बालविवाह न्यूनीकरणका लागि अभियान थाल्नेहरुले सम्बन्धित ठाउँमा पुगेर चेतना अभिवृद्धि गर्नुपर्नेमा अधिकारकर्मीको जोड छ । गरिबी, बेरोजगारी, अशिक्षा तथा चेतना अभावका कारण बढ्दै गएको बालविवाह न्यूनीकरणका लागि व्यावहारिक रुपमा सबै सक्रिय बन्नुपर्ने स्थानीयवासी अनन्ता आचार्यको सुझाव छ ।

वि.सं.२०७४ फागुन १० बिहीवार ०६:२६ मा प्रकाशित

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...