प्रवासी नेपाली मञ्च ओमानको दोश्रो अधिबेशन सम्पन्न भएको छ । देशमा रहेको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै प्रवासमा रहेका नेपाली जनहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै र मुलुकको हितका पक्षमा क्रियासिल गराउदै आएको संगठन, प्रवासी नेपाली मञ्च ओमानको दोश्रो राष्ट्रिय अधिबेशन यहि १६ फ्रेबरीका दिन सम्पन्न भएको छ ।
ओमानको मस्कटस्थित अलमासा हलमा सम्पन्न भएको उक्त अधिबेशनमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एबम प्रवास मध्यपूर्ब इन्चार्ज श्रीप्रसाद शाह र बिशेष अतिथि महामहिम राजदूत शर्मिला पराजुली ढकालद्वारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।
उक्त, अधिबेशन उद्घाटन समारोहको अध्यक्षता मञ्चका निबर्तमान कार्यबाहक अध्यक्ष लिलानाथ कोइरालाले गरेका थिए भने सञ्चालन मञ्चका निबर्तमान महासचिव सोमकृष्ण श्रेष्ठले गरेका थिए ।

ओमानस्थित अन्य नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, महासचिव भेषराज ढकाल, भुतपूर्ब उपाध्यक्ष गिरमान गाहा थापा मगरका साथै बिदेशमा कार्यरत श्रमजीवी नेपालीहरुमा समर्पित दुई थोपा हाँसो हास्यब्यङ्ग्य यात्रा लिएर ओमानमा पुगेको सिस्नुपानी नेपालका कलाकारहरुको टीम, मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, लक्ष्मण गाम्नागे, र डा। रबिन्द्र समिर पनि अतिथी रहेका थिए ।
सम्पूर्ण अतिथिहरु लगायत प्रमुख अतिथि, बिशेष अतिथिद्वारा शुभकामनामन्तव्य व्यक्त गरिएको थियो भने मनोज गजुरेलले आफ्नो प्रस्तुतिको माध्यमबाट उपस्थित सम्पूर्णलाई हसाएका थिए ।
मञ्चका निबर्तमान उपाध्यक्ष तेजबहादुर तामाङले स्वागत मन्तव्य द्वारा सबैलाई स्वागत गरेका थिए । जनसाँस्कृतिक मञ्च ओमानका कलाकारहरुले देशभक्त, जनबादी गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । अधिबेशन उद्घाटन समारोह अध्यक्षद्वारा समापन बक्तब्यपछि अधिबेशनको बन्दसत्र शुरु भएको थियो ।

बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष श्याम कंडेलको अध्यक्षता श्रीप्रसाद शाहको विशेष उपस्थिति र अध्यक्ष मण्डलका सदस्यहरू चानक पोख्रेल, भेषराज ढकाल, गिरमान थापा मगरको उपस्थितिमा सप्पन्न भएको थियो । मञ्चका निबर्तमान कार्यबाहक अध्यक्ष लिलानाथ कोइरालाद्वारा प्रस्तुत गरिएको राजनैतिक तथा सांगठनिक प्रतिबेदन र मञ्चका निबर्तमान सह कोषाध्यक्ष अनु पौडेलद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन माथी छलफल गरि सुझाव सहित सर्बसम्मत पारित भएको थियो ।
त्यस्तै प्रवासी नेपाली मञ्च ओमानको बिधान २०७२ संशोधन हलबाट सुझाव संकलन सहित नबनिर्बाचित कार्यसमितिलाई संशोधन गर्ने अधिकार प्रदान गरिनुका साथै हलमा प्रस्तुत मञ्चका भाबी कार्ययोजना पनि सर्बसम्मत पारित गरिएको छ ।
बन्दसत्रबाट सोमकृष्ण श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति, ३ सदस्यीय लेखा कमिटी, ५ सदस्यीय अनुशासन कमिटी, ५ सदस्यीय निर्वाचन कमिटी र अन्य कार्य समितिले थप्ने गरि १ सदस्यीय सल्लाहकार कमिटीको चयन गरेको छ ।
जसको अध्यक्षमा सोमकृष्ण श्रेष्ठ, उपाध्यक्षत्रयमा रामहरि गिरि, रन्जित आचार्य, बिष्णु चौलागाईँ,महासचिवमा पशुपति जि. सि., सचिबहरुमा महेश न्यौपाने, धन बहादुर गुरुङ, अनु पौडेल, रेशम शाही, गणेश बहादुर शाही,सहकोषाध्यक्षमा सन्तोष कटुवाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा शिबहरी पराजुली, गणेश प्रसाद पाण्डे, सूर्य प्रसाद ढुंगाना, कमल गौतम, यज्ञ पराजुली, पेमदिकी शेर्पा, बलराम गैरे, सर्बेश पाल, प्रधुन्न कार्की, होम श्रेष्ठ, गणेश परियार, रोशन गौतम, गणेश चोखाल प्रबिण लामा रहेका छन् ।
त्यस्तै लेखासमितिको अध्यक्षमा भुपाल चौहान,सचिबमा हेमा श्रेष्ठ,खुमलाल भट्टराई भने अनुशासन कमिटीको अध्यक्षमा लिलानाथ कोइराला, सचिबमा भुपेन्द्र बाब्ली र
सदस्यहरुमा रामभक्त सडोला, राजु रायमाझी र सम्झना के. सि. रहेका छन् ।
निर्वाचन कमिटिको अध्यक्षमा तेज बहादुर तामाङ, सचिबमा चिरञ्जीवी भण्डारी र सदस्यहरूमा माधब अधिकारी, दुर्गा घर्ती मगर र मुना कार्की रहेका छन् । त्यस्तै मञ्चको सल्लाहकार समितिमा मान बहादुर श्रेष्ठ रहेका छन् ।
नब निर्बाचित कार्य समिति र कमिटीहरुलाई अधिबेशनका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य एबम प्रवास मध्यपूर्ब ईन्चार्ज श्रीप्रसाद शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
अधिबेशन लगत्तै ओमान मस्कटको अलमासा हलमा मञ्चका अध्यक्ष सोमकृष्ण श्रेष्ठको अध्यक्षता, नेकपा एमाले केन्द्रिय सदस्य एबम प्रवास मध्यपूर्ब ईन्चार्ज श्रीप्रसाद शाह, ओएनएफ कतारका अध्यक्ष चानक पोख्रेल, ओएनएफ युएईका अध्यक्ष श्याम कंडेल, महासचिव भेषराज ढकाल र भूतपूर्व उपाध्यक्ष गिरमान थापा मगरको विशेष उपस्थिति र मञ्चका महासचिव पशुपति जि. सिको सञ्चालनमा मञ्चका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा मञ्चको बैठक बसेको थियो ।
बैठकले विभिन्न महत्वपूर्ण प्रस्तावहरु माथी छलफल गर्दै केही निर्णयहरु पारित गरेको छ । बैठकले संगठन बिभागको जिम्मेवारी मञ्चका उपाध्यक्ष रामहरि गिरिलाई दिएको छ भने अर्का उपाध्यक्ष बिष्णु चौलागाईंलाई स्कुल बिभागको जिम्मेवारी दिएको छ ।
वि.सं.२०७४ फागुन १० बिहीवार ०७:२४ मा प्रकाशित
























