back
CTIZAN AD

राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

वि.सं.२०७४ फागुन ११ शुक्रवार

828 

shares

११ फागुन, कैलाली । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।

धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ ।

सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर सडकको संरचनामा भने कुनै फेदबदल नै नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख दीपक पातलीले बताए । उनले सवारी साधनको चापका कारण सडक साँघुरो हुँदै गएको र सडक तथा फुटपाथमा ठेलागाडी र पार्किङले मिचेकाले सडकको अतिक्रमण बढेको बताए ।

बजारमा पैदल यात्रु, फुटपाथ, ट्राफिक संकेत नभएकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या आई दैनिक सवारी जामको स्थिति सिर्जना हुन थालेको छ ।
यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार सेती अञ्चलमा मोटरसाइकल र स्कुटरको संख्या ७० हजार पुगेको छ भने कार, जिप र भ्यान पाँच हजार ९०० पुगेको छ । त्यसैगरी बस, ट्रक दुई हजार ७००, टेम्पु, अटो रिक्सा दुई हजार ६०० र ट्र्याक्टर ११ हजार ४०० दर्ता भएका छन् ।

अव्यवस्थित रुपमा सञ्चालनमा आएका इ–रिक्साले पनि ट्राफिक व्यवस्थापनमा झनै समस्या थपिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार निर्माण भएको नौ महिना बितिसक्दा पनि ट्राफिक व्यवस्थापनका लागि कुनै पहल नचालिएको धनगढी उपमहानगरपालिका–२ का चेतराज पाण्डेयले गुनासो गरे । कुनै इजाजत बिना सञ्चालनमा आएका नयाँ सवारी साधनले समस्या निम्त्याएको छ उनले भने, “यसका लागि सवारी साधनको इजाजत प्राप्त हुन अति आवश्यक छ ।”

जिल्ला ट्राफिक कार्यालयले बजारको ट्राफिक व्यवस्थापनका लागि कुनै नयाँ योजना बनाएको छैन भने बजारमा जथाभावी गरिने पार्किङ व्यवस्थापनका लागि पनि योजना छैनन् ।

वि.सं.२०७४ फागुन ११ शुक्रवार ०९:११ मा प्रकाशित

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...