back
CTIZAN AD

सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण

वि.सं.२०७४ फागुन १२ शनिवार

858 

shares

१२ फागुन, रामपुर, पाल्पा  । पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हुँदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

यसवर्ष यहाँका कृषकले व्यक्तिगत र सामूहिक गरी करिब एक हजार २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीफूलको व्यावसायिक खेती गरेका छन् ।

गतवर्ष सो गाउँपालिका– १ को ठूलाचौरमा परीक्षणका रुपमा करिब ३० रोपनी क्षेत्रफलमा लगाइएको सूर्यमुखीफूलको खेतीले राम्रो उत्पादन दिएपछि यो वर्ष यसप्रति धेरैको आकर्षण बढेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन्।

यो वर्ष गाउँपालिकाको चितुङधारा, पोखराथोक, नायरनम्तलेस, दर्लमडाँडा, खानीगाउँ लगायतका क्षेत्रमा यसको विस्तार गरिएको उनले बताए । सूर्यमुखीफूलको व्यावसायिक खेती गर्न गाउँपालिकाले बीउ खरिदमा रु ८० हजार रकम विनियोजन गरेको पनि प्रमुख जिसीले बताए ।

चिर्तुङधारामा रहेको घोरबन्दा कृषक समूहमार्फत ६० रोपनी, जनज्योति महिला कृषक समूह पोखराथोकले ३० रोपनी, पोखरा थोककै प्रगतिशील कृषक समूहले २० रोपनी, मिलिजुली कृषक समूह नायर नम्तलेसले १० रोपनी क्षेत्रफलमा यसको खेती गरेका छन् ।

सूर्यमुखीफूलको बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने तथा एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा यसलाई नगदे बालीको रुपमा लिन थालेको कृषक पोषकान्त भण्डारी बताए ।(रासस)

वि.सं.२०७४ फागुन १२ शनिवार ०९:२९ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...