back
CTIZAN AD

आगलागीमा तीन महिला गम्भीर घाइते

वि.सं.२०७४ फागुन १३ आइतवार

684 

shares

१३ फागुन, दुनै, डोल्पा । हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् ।

श्निबार दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

उनीहरु शनिबार बिहान ११ बजेतिर नजिकैको छिमेकी गाउँ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो वनमा लागेको आगलागीमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारका लागि नेपालगञ्ज लगिएको काली चलाउनेले बताए ।

आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घाइते तीन महिला बेहोस अवस्थामा रहेको बताइएको छ ।

वि.सं.२०७४ फागुन १३ आइतवार ०३:३९ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...