२३ फेब्रअरी, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले नेपालमा बम आक्रमणमा परेकी घाईतेलाई आर्थिक सहयोग गरेको छ ।
नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य तथा एक होनाहार युवा नेतृ मीरा कटुवालको गत प्रदेशसभा तथा प्रतिनिधीसभाको निर्वाचनको समयमा चुनावी मैदानमा खटी रहेको बखत अज्ञात समुहको बम प्रहार बाट गंभिर घाईते भई आफ्नो एउटा महत्वपुर्ण अंग देब्रे खुट्टा नै गुमाउन पुगेकी छन । जसकारण महिला नेतृ मीरा कटुवाल जिवनभर अपांग हुनु परेको छ, उनको दुखद घटनालाई केहि राहत सहयोग तथा शिक्षा दिक्षा लगायत सहज जिवनको हेतु केही सहयोगी बन्न सकियोस भन्ने अभिप्रायका साथ नेपाली जनसम्पर्क समिती बेल्जियमले आर्थिक सहयोग संकलन गरी रु २,००००० । (अक्षेरुपी दुई लाख) आर्थिक सहयोग गरेको छ ।
गत बिहिवार एक कार्यक्रमका बीच नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा नव निर्वाचित राष्ट्रीयसभा सदस्य सुरेन्द्र पाण्डे, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको बिशेष उपस्थितीमा हाल नेपालमा रहनु भएका नेपाली जनसम्पर्क समिती बेल्जियमको तर्फबाट उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्ल सहितको उपस्थितिमा आर्थिक रकम नेत्री कटुवालाई हस्तान्तरण गरेको छ ।

आफ्नो खुट्टा गुमाएकी नेतृ मिरा कटुवाल लगायत केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे, गुरुराज घिमिरेले नेपाली जनसम्पर्क समिति बेल्जियमलाई बिशेष धन्यवाद दिएका थिए । साथै नेतृ कटुवालको शिघ्र स्वास्थ लाभको कामना गर्दै सानो भए पनी परोपकारी कार्य गर्न सफल साथै जसको लागी सम्पुर्ण सहयोगी साथीहरुलाई नेजस बेल्जियमले धन्यवाद समेत व्यक्त गरेको प्रवक्ता जगदीश सापकोटाले बताएका छन । 
स्मरण रहोस नेपाली जनसम्पर्क समिती बेल्जियमले केही महिना पहिला पनी साबिक नवलपरासी जिल्ला हाल नवलपुरको अत्यन्तै बिकट गाउँ (बार्हकोल) जहाँ बाक्लो मगरबस्ती रहेको त्यहाँ खानेपानीको अत्यन्तै अभाव देखिएकोले केही राहत स्वरुप रु १,००००० (अक्षेरुपी एक लाख) नगद सहयोग गरेको थियो ।
वि.सं.२०७४ फागुन १३ आइतवार ०३:५९ मा प्रकाशित
























