१३ फागुन, एजेन्सी । स्पेनिश घरेलु लिग लालिगाको दौरान रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियलले आल्भेजलाई ४ – ० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा रियलका अट्याकिङ फ्रन्ट बेल, बेन्जेमा र रोनाल्डोको उत्कृष्ट टिमवर्क कारण रियलले उत्कृष्ट जित हात पारेको हो । रियलका लागि रोनाल्डोले २, बेल तथा बेन्जेमाले १/ १ गोल गरे । हिजोको खेलमा रोनाल्डोले निकै उदारता देखाए ।
खेलको ८८ औ मिनेटमा डिबक्स एरियामा आल्भेजका डिफेन्डरले रियलका बेललाई लडाउदा रियलले पेनाल्टी पाएको थियो । रियलका नियमित पेनाल्टी टेकर रोनाल्डोले उक्त पेनाल्टी टिममेट करिब बेन्जेमालाई प्रहार गर्ने मौका दिए । उक्त पेनाल्टी मार्फत बेन्जेमाले गोल गरेसँगै यस सिजनमा पहिलोपटक रियलका ३ वर्ट फरवार्डले एकै खेलमा गोल गरे ।
बेन्जेमाले यस अघि रोनाल्डोलाई गोलका लागि दुई एसिस्ट प्रदान गरेका थिए । पहिलो एसिस्टमा त बेन्ज्जेमाले निकै मेहनत पुर्वक् डिफेन्डरलाई छलाउदै लोभलाग्दो पारामा रोनाल्डोलाई दिएका थिए । रोनाल्डोले अन्ततः बेन्जेमाको गुन तिरे । उनले आफुले उक्त पेनाल्टी प्रहार गरेको भए करियरको ५० औ ह्याट्रिक पुरा गर्ने थिए । तर रोनाल्डोले उक्त खेलमा एक हदसम्म निकै उदारता देखाए ।
वि.सं.२०७४ फागुन १३ आइतवार ०४:०६ मा प्रकाशित


























