back
CTIZAN AD

कान्तिपुरलाई ७२ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

वि.सं.२०७४ फागुन १३ आइतवार

798 

shares

 

१३ फागुन, काठमाडौँ  । सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ ।

साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे/नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ ।

वि.सं.२०७४ फागुन १३ आइतवार १३:३९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...