back
CTIZAN AD

एनआरएनए महिला फोरम स्वीटजरल्याण्डले नारी दिवस मनाउने

वि.सं.२०७४ फागुन १५ मंगलवार

588 

shares

अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ ।
हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी कार्यक्रमहरु गरि मनाईने गरिएको छ ।

गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० मा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भब्यरुपमा मनाउने भएको छ । बर्तमान अवस्थामा एन आर एन स्वीटजरल्याण्डले अन्य देश भन्दा पृथक र रचनात्मक कृयाकलापहरु एक पछि अर्को इतिहासं रच्दैँछ ।


दुतावास तथा विभिन्न संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा नारि दिबस एन आर एन स्वीटजरल्याण्डको महिला फोरमले मनाउने सहमति भएको थियो । अघिल्ला बर्ष पनि महिला फोरमले नै कार्यक्रम गर्दै आईरहेको छ ।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्वमा १०८ औं अन्तराष्ट्रिय नारीदिवस मनाउने भएको हो ।
अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनायतापनि स्वीटजरल्याण्डमा भने सार्बजनिक बिदाको अवसर पारेर मनाइन्छ । लामाको अनुसार यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै केहि परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि, नारि समाज पोर्तुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल त्यस्तै नारि समाज पोर्तुगलकी महासचिब मिना खरेलको बिसेष उपस्थिति रहने छ ।
बिशेष गरि कार्यक्रममा महिला माथि हुने हिसांको समाधान र अन्त्य लगायतका विषयमा छलफल तथा अन्तरक्रिया समेत हुने भएको छ ।
कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरीने छ ।
कार्यक्रममा प्रवेश शुल्क निशुल्क राखिएको छ भने खानाको २० फ्र्यांक र बिद्यार्थी तथा १६ बर्ष मुनिका लाई ५० प्रतिशत कम गरिएको छ । स्विसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुका प्रतिनिधि , ब्यापारी , बिद्यार्थी , पत्रकार लगायत स्विसमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै कार्यक्रम भब्य बनाईदिन अनुरोध गरिएको छ ।

वि.सं.२०७४ फागुन १५ मंगलवार ०४:३६ मा प्रकाशित