साउदी । साउदी अरबको कतिफ स्थित हुसेन अल गुड्ढी कम्पनीमा काम गर्दा गर्दै मृत्यु भएका दोगल्चे शेर्पाको परिवारलाई गैरआवसीय नेपाली संघ साउदी अरबले आर्थिक सहयोग गरेको छ ।
गौरीशंकर गाउँपालीका वडा नं ५ दोलखा जिल्ला स्थाई घर भएका एनआरएनए साउदीका पंजिकृत सदस्य शेर्पाको परिवारलाई सहयोग स्वरूप रू ५०,००० को चेक हस्तान्तरण गरिएको हो ।
बिगत ६ वर्ष देखी उक्त कम्पनीमा कार्यरत ३२ वर्षिय शेर्पाको खम्बामा बिजुलि बत्ति मिलाउने क्रममा विद्युतिय झट्का कारण २४ अगस्ट २०१७ मा मृत्यु भएको थियो ।
गत २३ फेब्रअरी २०१८ शुक्रबारका दिन साउदीको खोबर स्थित क्लासीक रेष्टुरेण्टको डायमण्ड मिटीङ हलमा बसेको एनसिसि साउदि अरबको तेस्रो नियमित तथा पूर्ण बैठकका क्रममा एनसिसि साउदी अरबका अध्यक्ष नारायय पासवानले मृतकका भाइ छिरिङ सेर्पालाइ चेक हस्तान्तरण गरेका हुन् ।
एनसिसि साउदी अरबको गत १७ सेप्टेम्बर, २०१७ मा सम्पन्न दोस्रो आकास्मिक साइवर कन्फ्रेन्स बैठकद्वारा मृतकको परिवारलाइ बिधानतः पचास हजार रूपैयाको आर्थिक सहयोग गर्ने निर्णय गरेता पनि मृतकको श्रमितिको नागरिकताको प्रतिलिपि र नाताप्रमाणित लगायतका कागजातहरू जुटाउन समय लागेकोले चेक हस्तान्तरणमा ढिलाइ भएको बताइएको छ ।
एनआरएनए एनसिसि साउदी अरबले बैदेशिक रोजगारको शिलसिलामा साउदी अरबमा आइ बिभिन्न कारणवस मृत्यु भएका पञ्जिकृत सदस्यहरूलाइ संघको बिधानमा टेकि यस्ता सहयोगहरू गर्दै आएको छ ।
सवारी साधन दुर्घटनामा परि २०१७ जुन, २१ तारेख बुधबारका दिन निधन भएका एनआरएनए साउदीका पञ्जिकृत सदस्य (दर्ता नं ६४८) स्वा. हरेन्द्र ठाकुर तथा गम्भिर बिमारी भै कम्पनिले फाइनल एक्जिट पठाएको र घरको दयनिय अवस्थाले उपचार गर्न समेत असमर्थ भएका अर्का पञ्जिकृत सदस्य (दर्ता नं २३८२ रहेका) शत्रुधन यादवको परिवारलाइ गत २८, जुलाइ, २०१७ रियादमा सम्पन्न एनआरएनए साउदी अरबको दशौं बार्षिकोत्सव समारोहमा संघका अध्यक्ष तथा नेपाली राजदूतावास रियादका महामहिम राजदूतद्वारा आर्थिक सहयोग स्वरूप जनही रू. पचास हजारको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरि अलकासिम क्षेत्रका बिजय तामाङ (सदस्यता नं ३८८६) को घर पहिरोमा परि पूर्ण क्षति भएको र घरको दयनिय अवस्थालाइ मध्य नजर गरि रू. पच्चिस हजारको चेक तत्कालीन एनआरएनए आइसिसि FEMWWC संयोजक धरम के।सीले अलकासिम क्षेत्रिय अध्यक्ष मनिस कोइरालालाई हस्तान्तरण गरेका थिए ।

२३ फेब्रअरी २०१८ शुक्रबारका दिन बसेको एनसिसि साउदी अरबको तेस्रो नियमित तथा पूर्ण बैठकले गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको विभन्न समितीहरूमा नियुक्त भएका पदाधिकारीहरू क्रमशः वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सहसंयोजक जोन(राजेन्द्र) अर्याल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद मध्यपूर्व क्षेत्रिय महिला उपसंयोजक यसमिन वेगम, गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको मानार्थ सदस्य राजु सयैद,गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको मनोनित सदस्य धरम के.सी. र गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मेडिया तथा पब्लिकेशन समिती सदस्य शुक्र मोक्तान लगायतका पदाधिकारिहरूलाई एनसिसि साउदीका अध्यक्षले पुष्पगुच्छाले सम्मान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।
वि.सं.२०७४ फागुन १५ मंगलवार ११:४० मा प्रकाशित


























