back
CTIZAN AD

प्रदेशभित्र सञ्चालित योजना पहिचान गरी विवरण तयार गर्न निर्देशन

वि.सं.२०७४ फागुन १५ मंगलवार

786 

shares

१५ फागनु, पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश नं ४ भित्रका ११ वटै जिल्लामा सञ्चालित योजनाको पहिचान गरी विवरण तयार गर्न पूर्वाधार विकास समितिलाई निर्देशन दिएका छन् ।

पूर्वाधार निर्माण समितिको आजको बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशको दीर्घकालीन विकासका योजना तय गर्नाका साथै गौरवका आयोजनाको सम्भाव्यता अध्ययनका लागि भइरहेका योजनाको पहिचान गरिनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाका अनुसार बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशका संरचनालाई सुव्यवस्थित गराउन यहाँका सरकारी जग्गा के कस्तो अवस्थामा छन्, सोको आवश्यक पहिचान गरी आवश्यक सुझाव दिन पनि निर्देशन दिएका थिए ।

प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र त्यहाँभित्र हुने सेवा तथा सुविधालगायतको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आधार तयार गर्न उनले निर्देशन दिए ।

त्यस्तै प्रदेशभित्र खानेपानी र विद्युत् नपुगेका क्षेत्र पहिचान गरी त्यसका लागि आवश्यक योजना तय गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

पूर्वाधार विकास मन्त्रालयका सचिव भरत अर्यालको संयोजकत्वमा रहेको पूर्वाधार निर्माण समितिको आजको बैठकमा प्रदेश अन्तर्गतका मन्त्रालयका सचिवहरू सहभागी थिए । (रासस)

वि.सं.२०७४ फागुन १५ मंगलवार १३:२१ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...