back
CTIZAN AD

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो ? – प्रेस चौतारी

वि.सं.२०७४ फागुन १५ मंगलवार

597 

shares

१५ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको सबैधानिक अधिकार भएको उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुली आफै मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अपहेलनामा कारबाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो ? भन्ने प्रश्न स्वतः उठेको विज्ञप्तिमा छ ।

प्रधानन्यायाधीश पराजुलीले आफैंसँग सम्बन्धित मुद्दा आफैंले हेरेपछि सम्मानित अदालतबाट स्वतन्त्र न्यायिक निरोपण हुनेमा स्वभाविक आंशका उत्पन्न भएको चौतारीको ठहर छ, विज्ञप्तिमा भनिएको छ– “जुनसुकै सञ्चारमाध्यमले पनि समाचार प्रकाशन र प्रसारण गर्दा संविधान र प्रेस जगतले अबलम्बन गर्दै आइरहेका नीति, नियम, मूल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा चौतारी दृढ रहेको छ ।”

वि.सं.२०७४ फागुन १५ मंगलवार १४:२० मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...