back
CTIZAN AD

लालिगा उपाधि रेस खुला, लिग लिडर माथि एट्लेटिको म्याड्रिडको चुनौती

वि.सं.२०७४ फागुन १८ शुक्रवार

837 

shares

१८ फागुन, काठमाडौँ । लिग लिडर वार्सिलोनाले ड्र खेले सँगै लालिगाको उपाधि रेश फेरि खुला भएको छ । हिजो राति भएको २६ औ चरणको खेलमा वार्साले लास पाल्मससँग बराबरी १ १ गोलको बराबरी खेलेसँगै दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले लिग लिडर वार्सिलोनासँगको दुरी ५ अंकमा सिमित गरेको हो ।
जनवर विन्डोमा ईङलिश क्लब चेल्सीबाट एट्लेटिको पुगेका डिएगो कोष्टा, तथा एन्टोनि ग्रिजमान प्रेरित एट्लेटिकोले निकै स्तरीय प्रदर्शन गरिरहेको छ । २६ औ चरणको खेल सकिदा अहिले सम्म शीर्ष स्थानको वार्सिलोनाको ६६ अंक रहेको छ । दोस्रो स्थानको एट्लेटिकोको समान खेलबाट ६१ अंक रहेको छ । अब हुने खेलमा वार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन् । उक्त खेलमा एट्लेटिकोले वार्सालाई रोक्न सकेको खण्डमा उपाधि होडमा कडा टक्कर दिने निश्चित छ । निकै उत्कृष्ट फर्ममा रहेका ग्रिजम्यानले २ खेलमा मात्रै सात गोल गरेका छन् । तसर्थ वार्सिलोनाद्वारा नियन्त्रित लालिगाको उपाधि होड पुन खुला भईसकेको छ ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०५:०८ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...