कोरिया,सौल । एन आर एनए दक्षिण कोरियाले नेपालीहरुको होली पर्वको अवसरमा ‘हाम्रो गौरव हाम्रो शान, नेपाल हाउस संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही मार्च तीन तारिख च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न गइरहेको छ ।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्षमी गुरूङका अनुसार कार्यक्रममा बिभिन्न कोरियन परिकारका साथ मनोरंजनात्मक प्रश्तुतिहरु रहनेछन् ।
उक्त कार्यक्रम सहभागी जनाई स्वेच्छिक आर्थिक सहयोग गर्न सकिने पनि अध्यक्ष गुरुङले जनाइन् ।
उक्त कार्यक्रमबाट संकलित रकम नेपालीहरुको साझा घर नेपाल हाउस संचालनमा खर्च गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिइन् ।
एन आर एन द्वारा अयोजित रात्रीकालीन भोज कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील बिभिन्न संघ संस्था बुद्धिजिवी, ब्यापारी, विद्यार्थी, पत्रकार, लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि पनि अध्यक्ष गुरुङले अनुरोध गरेकी छन् ।
कोरियाको राजधानी दोङ्गदेमुन अवस्थित न्यू चौंजी होटल मा यही मार्च ३ तारिक साँझ ढस्घण् बजे देखि आयोजना हुने पनि आयोजकले जनाएका छन् ।
वि.सं.२०७४ फागुन १८ शुक्रवार ०४:४४ मा प्रकाशित

























