back
CTIZAN AD

समाज सेवामा दुई लाख बढी सहयोग

वि.सं.२०७४ फागुन १८ शुक्रवार

678 

shares

 

साउदी अरब । वैदेशिक रोजगारका क्रममा साउदी अरबमा कार्यरत रहेका नेपालीहरुले नेपालमा दुई लाख रुपैयाँभन्दा बढी समाजसेवामा सहयोग गरेर सराहनीय एवं उल्लेखनीय कार्य गरेका छन् ।

नेपाली साझा मंचको इकाई समिति रेड सि इन्टरनेशनल कम्पनीले तीन महिनाभित्रमा नेपालमा समाजसेवाका लागि दुई लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेर पठाएका हुन । इकाई समितिका संयोजक तथा राष्ट्रिय समन्वय समितिका सदस्य रामकृष्ण गुरुङका अनुसार उनीहरुले सोही कम्पनीका दोलखा निवासी तखतबहादुर तामाङको परिवारलाई एक लाख ३० हजार एक सय ६२ रुपैयाँ, रोल्पा कुरेलीकी मंगला पुनलाई उपचारका लागि ४४ हजार ४ सय ७१ रुपैयाँ र नुवाकोट घर भइ सप्लाई कम्पनीबाट कार्यरत एक युवालाई ३५ हजार सात सय ५० रुपैयाँ सहयोग गरेका हुन ।

कम्पनीबाट काम छाडेर नेपाल गए लगत्तै तखतबहादुर तामाङको हृदयघात भइ मृत्यु भएकोमा तामाङको परिवारलाई आर्थिक सहयोग स्वरुप सो रकम प्रदान गरिएको थियो । त्यसैगरी रोल्पा कुरेली मर्बाङकी २० वर्षीया मंगला पुन क्यान्सरबाट पीडित भएको र उनलाई सोही गाऊँका समितिमा आबद्ध अमर रोक्काको अनुरोधमा सहयोग संकलन गरेर पठाइएको थियो । आर्थिक अभावमा पुनको उपचारमा समस्या भइरहेको छ ।

त्यस्तै सप्लाई कम्पनीबाट रेड सी कम्पनीमा काम गर्न आएका नुवाकोटे युवाको घर आगलागी भएकोमा उनलाई संयोजक गुरुङको सक्रियतामा सहयोग गरिएको थियो । यसरी विभिन्न पटक गरी तीन महिनाभित्रमा दुई लाख १० हजार तीन सय ८३ रुपैयाँ समाजसेवामा सहयोग गरेर साझा मंचमा आबद्ध रेड सि कम्पनीका नेपालीहरुले उल्लेखनीय योगदान गरेका हुन ।

“देशका लागि केही त गरौ ! ” अभियान संचालन गरिरहेको नेपाली साझा मंचमा आबद्ध उनीहरुले देशका लागि थोरै भएपनि सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०५:०८ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...