२० फागुन, ईटहरी । फिल्म प्रदर्शनको नजिकै आइपुग्दा फिल्म मंगलम टीम केही दिनअघि ईटहरी प्रचारमा ईटहरी आईपुगेको थियो । फिल्मका कार्यकारी निर्माता छबि राज ओझा, निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, नायिका शिल्पा पोख्रेल प्रचारमा सामेल थिए । मंगलममा कार्यकारी निर्माताको रुपमा रहेका छबिराज ओझाले यो आफ्नो चलचित्र अन्तिम हो भन्ने हल्लाको विषयलाई प्रस्ट्याएका छन् । त्यस्तै कुराकानीकै क्रममा निर्देशक नवल नेपालले फिल्म चल्ने र दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको बताएका छन् । हेर्नुस् छबिराज र नवल संग गरिएको कुराकानी ।
वि.सं.२०७४ फागुन २० आइतवार ०६:०० मा प्रकाशित






























