back
CTIZAN AD

जलजलाको केन्द्र विवाद समाधान, लामाखेतमा कायम

वि.सं.२०७४ फागुन २० आइतवार

642 

shares

२० फागुन, फलेवास, पर्वत । लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ । हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।
गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नु परेको भन्दै लामो समय आन्दोलित समेत बनेका थिए । गाउँपालिका अन्तर्गत साबिक नाग्लीवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलिन बनेका थिए । अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करीब ६ देखि ७ घण्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधि आन्दोलित समेत बनेका थिए ।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई दुई लाख

पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माबिलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले दुई लाख नगद सहयोग गरेका छन् । आर्थर डाँडाखर्क मेथेडाँडा घर भई पोखरा बस्दै आएका ओमप्रसाद गुरुङ र हितकुमारी गुरुङले शुक्रबार चौरासी पूजामा विद्यालयलाई दुई लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । विद्यालयमा भूतपूर्व विद्यार्थीले शैक्षिक र भौतिक विकासका लागि पाँच करोड संकलन गर्ने लक्ष्य राखेर अभियान शुरु गरेका छन् ।

वि.सं.२०७४ फागुन २० आइतवार ०५:२८ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...