
४ मार्च, अमेरिका । अमेरिकाको ज्याक्सन हाइटमा मोबाइल सप खोलेको १ महिना पनि नबित्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई गाली गरेका छन् लोक दोहारी गायक सुमन बुढा मगरले ।
अमेरिकाको ज्याक्सन हाइटमा ‘सिटी वायरलेस स्टोर’ नामक बुढाको मोबाइल सप फरवरीमा मात्र खोलेको उनको मोबाइल सपबाट अमेरिकी काला जातिले बन्दुक र छुरा देखाएर पसलबाट २ झोला मोबाइल लगेको उनले समाजिक संजालमा पोस्ट गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नारालाई व्यंग गर्दै उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

‘अमेरिकाको राष्ट्रपति डोनल्द टर्म के तेरो make America great again यही हो मेरो ज्यकसान हाइटको पसल बाट आज बेलूकी ८.५३ बजेको टाइममा अमेरिकी काला जाती हरू २ जनाले मेरो भांज़ी एक्लै भएको भेला बन्दूक़ र छुरा देख़ाई मेरो पसल बाट २ झोला आइफ़ोन भरेर लुटेर लियको छ संसारको सबै भंदा ब्यसत शहर न्यू यॉर्क न्यू यॉर्क को पनी कुइनसको सबै भंदा ब्यसत शहर ज्यकसान हाइट मा बेलूकीको ८ बजे यसरी पसलनै ख़ाली हुने गरेर लूटने तेरो अमेरिकी नागरिक काला हरूले अमेरिका राम्रो बनाऊछ की हामी पारिश्रमि यसिएन र इसपेनीसले तेरो देश राम्रो बनाउछ अब यो बहसको विषय हो मेरो ज्यक्सन हाइटको पसलबाट वर्षको २३ हज़ार ड़लर भंदा बड़ी राजस्व तेरो देशलाई तिरेको छ अजै इमिग्रेटले गर्दा अमेरिका बिगरेको भन्ने राष्ट्रपति तेरो देशको ४० प्रतिशत जनताले भंदा बड़ी माया ग़र्ने हामी इमिग्रेट हो हामी सच्चा परिश्रमि नागरिक हो हामी राजस्व दिने नागरिक हो हामी बिना कुनै झै झगड़ा शान्ति पूर्ण तरीक़ाले बस्ने नागरिक हो तेसैले
You want to really great America again you have to fix your black bad people first mr president’

वि.सं.२०७४ फागुन २० आइतवार ०८:२९ मा प्रकाशित


























