back
CTIZAN AD

बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गर्न जोड

वि.सं.२०७४ फागुन २० आइतवार

738 

shares

 

२० फागुन, काठमाडौँ । जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।

सोवारिक्पा एसोसिएसन नेपालले आज आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अरु चिकित्सा पद्धति जस्तै यसलाई पनि स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताएका हुन् ।

“नेपाल बहुजाति, बहुधार्मिक, बहुभाषिकसँगै बहुजडीबुटी पद्धति भएको मुलुक हो, गौतम बुद्धले नै यो उपचार पद्धतिको शुरुवात गर्नुभएको हो, मैले पनि यो उपचार पद्धतिका माध्यमबाट स्वास्थ्य लाभ गरेको छु”–उनले भने । नेपालबाट शुरु भएको यो उपचार पद्धति हाल विश्वका धेरै देशमा प्रचलनमा रहेपनि यहीँ भने बिर्सिएकाले पुनःजागरण गरिनुपर्ने उनको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले सोवारिक्पा उपचार पद्धतिको संरक्षणका लागि सरकारले नै काम गर्नुपर्ने बताए । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा व्यवस्था विकास समितिका अध्यक्ष खेन्पो कर्मा लेप्से लामाले हिमाली क्षेत्रका केही स्थानमा अझै पनि बिरामीको उपचारका लागि यो पद्धति प्रचलनमा रहेपनि धेरैलाई यसका बारेमा जानकारी नभएकाले प्रचारप्रसार हुनुपर्ने विचार राखे ।

सो अवसरमा एसोसिएसनका अध्यक्ष स्वरिक डा तेञ्जिङ धर्के गुरुङले आज १२० सोवारिक्पा पद्धतिका चिकित्सकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी गराए । केही समयपछि थप ३०० चिकित्सकलाई पनि यो उपचार पद्धतिमा काम गर्न प्रमाणपत्र प्रदान गरिने एसोसिएसनले जनाएको छ । (रासस)

वि.सं.२०७४ फागुन २० आइतवार १४:३६ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...