back
CTIZAN AD

बेनीका बैंकमा तरलताको अभाव, बचतकर्ता खोज्न घरदैलो अभियान

वि.सं.२०७४ फागुन २१ सोमवार

690 

shares

२१ फागुन,बाबियाचौर, म्याग्दी । जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् ।

विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताए ।

“विप्रेषण घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो”, उनले भने, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।”

बेनीस्थित विभिन्न बैंकका १८ वटा शाखाले चालू आवको पहिलो छ महिनामा रु दुई अर्ब ३२ करोड ३६ लाख निक्षेप संकलन तथा रु तीन अर्ब २८ करोड २० लाख लगानी भएको जनाएका छन् । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षेप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा रु १५ करोड निक्षेप रहेकामा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर रु १२ करोड ९५ लाखमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्य खाडी मुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अस्टे«लियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुङ्गानाले बताए । जिल्लामा रहेका सबै बैंकको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् ।

कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फार्म नगन्य संख्यामा छन् । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा विपरीत सरकारी बजेट कम भयो । विप्रेषणबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो”, माछापुच्छ«े बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भने, “वित्तीय साक्षरता न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।”

जिल्लामा भित्रिने विप्रेषणमध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् ।

म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पूँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारीमार्फत भित्रिने विप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताए ।

वि.सं.२०७४ फागुन २१ सोमवार ०४:१८ मा प्रकाशित

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...