back

पशुपक्षी बीमा गराउने बढ्दै

वि.सं.२०७४ चैत १९ सोमवार

267 

shares
NTC AD
Global IME AD

१९ चैत, दाङ पछिल्लो समयमा जिल्ला पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा. चन्द्रबहादुर रानाले जनकारि दिए ।

आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म यहाँ आठ हजार ७७६ पशुपक्षीको बीमा भएको छ । जसमा गाईभैँसी २०४, बाख्रा २९४, बंगुर ४९, कुखुरा लेयर्स एक हजार ८०० र ब्रोइलर छ हजार, २२९ बटाको बीमा गरिएको थियो ।

विसं २०७१ देखि जिल्लामा नेशनल लाइफ, शिखर, एभरेष्ट इन्स्योरेन्स बीमा कम्पनीमार्फत पशुपक्षीको बीमा गराउँदै आएको र त्यसबापत रु चार करोड ६३ लाख ३८ हजार संकलन भएको छ ।

बीमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बीमा गर्दै आएका छन् । कुखुराको बीमा सरदर रु ७००, उन्नत गाईको रु एक लाख ५० हजार, उन्नत भैँसीको बीमा रु एक लाख २५ हजारसम्म रहेको छ ।

पशु सेवा कार्यालयले पशुपालक किसानलाई बीमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । बीमा अभिकर्ता पनि हाल गाउँ गाउँमा पुगेर किसानलाई बीमा बारेमा जानकारी दिंदै आएका छन् ।

वि.सं.२०७४ चैत १९ सोमवार १३:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...