back

असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति

वि.सं.२०७५ वैशाख १७ सोमवार

282 

shares
NTC AD
Global IME AD

ice-fall१७ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो ।

नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताएका छन् ।

चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उनले भने, असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् ।

शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताएका छन् ।

पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उनले बताए, “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।

यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् ।

वि.सं.२०७५ वैशाख १७ सोमवार १४:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...