back

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : वष्ठि नेता नेपाल

वि.सं.२०७५ वैशाख १७ सोमवार

297 

shares
RBB AD
NTC AD

Madhav-Kumar_1

१७ वैशाख, रुकुम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् ।

दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले उक्त भेटघाटले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र भएको प्रतिक्रिया दिए । दुई मुलुकबीचको विवादका कारण तेस्रो विश्वयुद्ध उत्पन्न हुनसक्ने आशंका गरेका बेला भेटवार्ताले नयाँ सन्देश दिएको उनको भनाइ थियो ।

नेपालका नेता जान डराउने कोरियामा आफू गएर स्थायी शान्ति र दुई देशबीचको द्वन्द्व अन्त्यका लागि दक्षिण कोरियाका राष्ट्रपति मुनलाई सुझाव दिएको स्मरण गराउँदै नेता नेपालले उक्त भेटघाटको प्रशंसा गरे । दुई मुलुक एकापसमा मिल्नुको विकल्प नभएको भन्दै उनले अब भाइ–भाइको सम्बन्ध स्थापित हुनु पर्ने बताए ।

यसअघि उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए । केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो ।

अर्को फरक प्रसंगमा नेता नेपालले दुई पार्र्टीबीच हुने एकता मिल्नका लागिमात्र नभई देशमा स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेको बताए । पार्र्टी एकताको प्रयास अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै शक्तिले पनि अब एकतालाई रोक्न नसक्ने दाबी गरेका छन् ।

वि.सं.२०७५ वैशाख १७ सोमवार १६:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...