back

मुलुकका निमित्त काँग्रेस अत्यावश्यक : अर्बपती चौधरी

वि.सं.२०७५ वैशाख १८ मंगलवार

255 

shares
RBB AD
NTC AD

nejasa usa with binod chaudhari 1ध्रुव भण्डारी, न्यूयोर्क । यही एप्रिल २७ शुक्रवार २०१८ दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटर अमेरिकाले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रतिनिधि सभाका सांसद एवं अर्बपती उद्योगपति बिनोध चौधरीले नेपाल र नेपालीका निमित्त नेपाली काँग्रेस पार्टी अत्यावश्यक भएको कुरा बताए । २०४६ सालको परिवर्तन संगै मुलुकमा काँग्रेसले अंगालेको दर्शन र आर्थिक नितिका कारण १० बर्षे जनयुद्धका बावजूद देशले विकास गरेको फेहरिस्ता सुनाउँदै सांसद चौधरीले जननायक स्व गिरिजा प्रसाद कोइरालाले उतिवेला गरेको योगदानलाई स्मरण गरेका थिए । लोकतन्त्रमा मात्रै मुलुकको राष्ट्रियता र अर्थतन्त्र बलियो हुने भएकोले नेपाल देशका निमित्त काँग्रेस अपरिहार्य भएको कुरा राख्दै यहीकारण आफुले काँग्रेसलाई रोजेको प्रमुख अथिति चौधरीले बताएका थिए ।

अन्तराष्ट्रिय जगतले लोकतन्त्रको पर्याय काँग्रेसलाई सम्झन्ने भएकोले नेपालमा काँग्रेस बलियो भएमा आफै ठुला लगानीहरू मुलुकमा भित्रने संकेत गर्दै अर्बपती चौधरीले प्रवासमा आर्जन गरेका ज्ञान सिप र धन नेपाल र नेपालीका निमित्त लगानी गर्न सबैलाई अनुरोध गरेका थिए । भरखरै सम्पन्न निर्वाचनमा पनि नेपाली जनताले काँग्रेसलाई उत्तिकै माया गरेको हुनाले निर्वाचनको परिणाम हेरेर दुस्खित नबन्न नेता चौधरीले कार्यकर्तालाई सुझाव दिएका थिए । प्रश्नको उत्तर दिने क्रममा उद्योगपती चौधरीले गैर आवसीय नेपालीलाई दिने भनिएको राजनीतिक अधिकार बिनाको नागरिकताको कुनै अर्थ नहुने कुरा बताउँदै, त्यसका निमित्त आफुले हाउसमा कुरा उठाउँने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

nejasa usa with binod chaudhari 2जाक्सन हाईट न्यूयोर्कको स्थानीय थकाली किचनमा सम्पन भएको उक्त अन्तरकृया कार्यक्रममा गैरआवसीय नेपाली संघ अमेरिकाका पुर्व अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक खगेन्द्र क्षेत्री , नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज ठोकर, नेजस अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी लगायतको उपस्थिति रहेको थियो भने डा तारा निरौला, दुर्गेश कार्की, सोमनाथ हुँमागाई, प्रभात सापकोटा र बिष्णु बैंजुले प्रश्नहरू राखेका थिए ।

केही फरक ढाँचाले संन्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता च्याप्टरका सभापति रोशन ढंगनाले गरेका थिए भने संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

वि.सं.२०७५ वैशाख १८ मंगलवार ११:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन...

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डले आयरल्यान्डमा नेपाली दूतावास...

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

न्युयोर्क । नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...