back

हावाहुरी र असिनापानीले बालीनालीमा असर

वि.सं.२०७५ वैशाख १८ मंगलवार

237 

shares
NTC AD
Global IME AD

ice-fall१८ वैशाख, दाङ । आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।

असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु¥याएपछि त्यहाँका किसान निराश छन् ।
‘‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन”, तरकारी किसान कुन्ती चौधरीले भनेका छन् ।उनले जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन् । त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन् ।
बेमौसमी तरकारी बालीमा क्षति पु¥याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताले बताएका छन् । तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताएका छन् ।
हावाहुरीसँगै जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का पोलमा क्षति पु¥याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम सबैभन्दा प्रभावित भएका छन् । कहाँ विग्रिएको छ छ भन्ने पत्ता लगाउन विद्युत्का प्राविधिकलाई समेत हम्मेहम्मे परेको जिल्ला विद्युत् कार्यालयले जनाएको छ ।

यसैबीच असिना पानी परेपछि पहाडी क्षेत्र तथा पश्चिम दाङका किसान भने खुशी भएका छन् । मकैबालीका लागि वैशाख १५ पछि उत्तम मानिने भन्दै यही वर्षात्को अवसर छोपी मकैबाली लगाउन थालिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

वैशाख पहिलो सातादेखि नै त्यहाँका किसानले मल बीउ र बर्खे तरकारीलगायतको जोहो गरिसकेका हुन्छन् । त्यसैगरी पहाडी क्षेत्रमा समेत मकैबाली लगाउन शुरु गरिएको त्यहाँका किसानले जनाएका छन् । मध्य दाङको समथर भागमा भने जेठ पहिलो सातालाई मात्रै मकैबालीका लागि उपयुक्त मौसमका रुपमा लिइँदै आएको छ ।

वि.सं.२०७५ वैशाख १८ मंगलवार ११:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...