back

कम्युनिष्ट एकता अपरिहार्य : अध्यक्ष दाहाल

वि.सं.२०७५ वैशाख १८ मंगलवार

264 

shares
RBB AD
NTC AD

dahal   १८ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताएका छन् ।

उनले शुभकामना सन्देशमाभनेका छन्, – समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गरेका छन् ।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै अध्यक्ष दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामनादिएका छन् ।

वि.सं.२०७५ वैशाख १८ मंगलवार १२:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...