back

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

वि.सं.२०७५ वैशाख १८ मंगलवार

267 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१८ वैशाख,तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ ।

जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ ।

ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको सहयोगमा देउराली सोसाइटीको सहजीकरणमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत चापाबोटे पँधेरे लिफ्टिङ खानेपानी तथा सरसफाइ समितिले निर्माण गरिरहेको छ ।

योजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको तयारी भइरहेको देउराली सोसाइटीका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले बताएका छन् । तत्कालीन जलजले गाविसको रु पाँच लाख, फनबोर्डको ५० लाख र स्थानीयवासीको नगद तथा श्रमदान रु १७ लाख गरी कूल रु ७३ लाखको लगानीमा निर्माण भएको योजनाबाट पानी जडान भएपछि जलजलेका १०२ घरधुरीका ६५४ जनाले स्वच्छ पिउने पानीको सेवा प्राप्त गर्नेछन् ।

लिफ्ट गरिएको पानी तानेर जम्मा गर्नका लागि गाउँको सिरानमा १६ घन मिटरको ट्यांकी निर्माण गरिएको छ भने मुहान नजिकै आठ÷आठ घनमिटरका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

वि.सं.२०७५ वैशाख १८ मंगलवार १२:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण...

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत...

प्रतिनिधिसभाद्वारा संसदीय सुनुवाइ र विषयगत समिति सदस्यको हेरफेर

प्रतिनिधिसभाद्वारा संसदीय सुनुवाइ र विषयगत समिति सदस्यको हेरफेर

काठमाडौँ । प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप...