back

अपांगता भएकालाई बाख्रा वितरण

वि.सं.२०७५ वैशाख १९ बुधवार

168 

shares
RBB AD
NTC AD

goat                                                                                 १९ वैशाख, तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।

अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताएका छन् । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् । उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिनेसमेत बताएका ताएका छन् ।

कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गरेका छन् । आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उनले बताए ।

वि.सं.२०७५ वैशाख १९ बुधवार १०:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...