back

गाईखर्क ताल संरक्षण शुरु

वि.सं.२०७५ वैशाख १९ बुधवार

330 

shares
RBB AD
NTC AD

१९ वैशाख, बाबियाचौर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ ।

प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् ।

मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराइ बढाउन बाँध बनाउने काम शुरु गरिएको स्थानीय अगुवा भकबहादुर घर्तीले बताए । उक्त योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ ।

हाल ४६÷४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाई चौडाई बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको हो । क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढ्ने जनाइएको छ ।

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष पिपला बुढाथोकीले बताएका छन् ।

मगरदाङदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । ताल देवीस्थानका पानीका मुहानको स्रोतका रुपमा रहेको बताइन्छ । ताल भरिएपछि ओभरफ्लो हुने पानीलाई खोल्सामा व्यवस्थित गर्ने संरचनासमेत निर्माण गरिने भएको छ ।

निस्कोटको बराह ताल, देवीस्थानको गाईखर्क ताल, दुखुको भालेबास्ने ताल, बिमको बाइन्दफाँट ताल, डडुलेक, मालिकालगायत पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षणसँगै पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताएका छन् ।

वि.सं.२०७५ वैशाख १९ बुधवार १२:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...