back

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

वि.सं.२०७५ वैशाख १९ बुधवार

162 

shares
NTC AD
Global IME AD

/fi6«klt e08f/L–;Daf]wg /fi6«klt ljBfb]jL e08f/L a'waf/ l;FrfO;DaGwL cf7f}+ PlzofnL If]qLo ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M lji0f' g]kfn, /f;;

१९ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गरेका छन ।

तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथा जल विकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो आँैल्याएको छ । उनले भने, “कृषि उत्पादन बढाउन दिगो सिँंचाइ प्रणाली आवश्यक पर्छ, अबको योजना कृषि र सिँचाइलाई अलगअलग रुपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ ।”

जथाभावी रुपमा जमिन खण्डीकरण गर्ने प्रवृत्तिलाई रोक्न, चुरे क्षेत्रलाई थप संरक्षण गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्दै कृषि, वन, वागवानी र सिँचाइ नै नेपालका विकास र समृद्धिका आधार हुन भनेका छन । उनले व्यवस्थित सिँचाइ बिना दिगो विकास सम्भव नहुने चर्चा गर्दै जलवायु परिवर्तनका असर जलस्रोत र कृषिका क्षेत्रमा कसरी कम पर्न दिन सकिन्छ भनेर थप अध्ययन अनुसन्धानमा ध्यान दिन आग्रहसमेत गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिँचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताए । उनले तीनै तहको राजनीतिक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थायित्वका साथ अगाढि बढिरहेको चर्चा गर्दै वर्षभरि सिँचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ नयाँ लगानीमा सरकारले जोड दिइराखेको छ बताए ।

नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगका ध्यान दिन सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०७५ वैशाख १९ बुधवार १५:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...