back

गुरुङलाई सम्मान

वि.सं.२०७५ वैशाख १९ बुधवार

210 

shares
RBB AD
NTC AD

१९ वैशाख, खोटाङ । भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ ।

दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको हो ।

वृद्घ गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ जिफण्ट पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

प्रदेशसभा सदस्य उषाकला राई, पूर्वसभासद् दुर्गाजयन्ती राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले संयुक्त रुपमा रु एक हजार नगदसहित नेपाली टोपी ओढाएर उनलाइ सम्मान गरेको हो

लामो समयदेखि जिल्लावासीको समान तथा भारी ओसारपसार गरी सेवा दिने गुरुङको श्रमलाई विशेष अवसर पारेर सम्मान गरिएको जिफण्टका जिल्ला सचिव प्रकाश पोखरेलले बताए ।

हरेक समय समान ओसारपसारमै व्यस्त देखिने गुरुङ आफ्नो दुई छोरासहित दिक्तेलबजारमै बसोबास गर्दै आएका छन् । श्रीमतीले छोरा र श्रीमान्लाई छाडेर अर्कैसँग पोइल गएपछि दुवै छोरालाई गोथे आफैँले पालनपोषण तथा शिक्षादीक्षा दिइरहेका छन् ।

सोही अवसरमा दिक्तेलबजारमै भारी बोकेर घरपरिवार चलाउँदै आएका राजन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

वि.सं.२०७५ वैशाख १९ बुधवार १६:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...