BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौं । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ ।

    लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका थिए । उनले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा पुगेका थिए ।

    १७३ पटक
    प्रतिकृया दिनुहोस्