BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    प्रथम राष्ट्रिय मेयर कप कराँतेको उपाधि प्रदेश ३ लाई

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौँ । बागचौर नगरपालिका सल्यान कर्णाली प्रदेशले २०७५ जेष्ठ २७, २८ र २९ गते आयोजना गरेको प्रथम राष्ट्रिय मेयर कप कराँते प्रतियोगिता सम्पन्न गरेको छ ।

    देशको सात प्रदेश र आयोजक टिम सहभागी रहेको प्रतियोगितामा प्रदेश नं ३ १२ पदक साथ टिम च्याम्पियन बन्न सफल भएको छ । सबै स्वर्ण पदक बिजेता बालाजु कराते डो प्रतिष्ठान, नेपालमा प्रशिक्षण लिएका खेलाडीहरु हुन् ।

    दोस्रो स्थानमा ७ नम्बर प्रदेशले स्थान जमाएको छ । उसले १ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेको छ भने तृतीय स्थान आयोजक टिम कर्णाली प्रदेशले हात पारेको छ । कर्णाली प्रदेशले २ रजत र १० कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

    त्यसैगरी ४ नं प्रदेशले २ रजत र १ कास्य पदक, प्रदेश नं २ प्रदेश नम्बरले १ रजत र २ कास्य पदक जितेका छन् ।

    बिजेता टिम प्रथमले ५५ हजार द्वितीय टिमले ३५ हजार र तृतीय टिमले २५ हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।

    प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी प्रदेश नं ३ का नवीन रसाइली र महिला तर्फको उत्कृष्ट खेलाडी प्रदेश नं १ को पासाङ ल्हामु शेर्पा घोषित भए । रसाइली साउथ एशियन गेममा लगातार ३ पटकका स्वर्ण पदक विजेता पनि हुन्।

    प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद टेक बहादुर बस्नेत, बिशेष अतिथि नेपालमा कराते खेलका सस्थापक गुरु थानेश्वर राई गरेका थिए ।

    विभिन्न महिला समुह, झाकी गरि हजारौ सल्यानबासी खेल प्रेमी महानुभाबहरुको भब्य उपस्थितिमा सुरु भएको खेलको समापनमा रेफ्री कराँते गुरु र प्रशिक्षक र खेलाडीहरु र सहयोगी विभिन्न संघसंस्थाहरुलाई नगर प्रमुख लोकमान बुढाथोकीले मायाको चिनो ट्रफी नगद प्रदान गरेका थिए ।

    नगर उपप्रमुख, वडा अध्यक्ष प्रतियोगिता आयोजक समितिका अध्यक्ष घनस्याम शर्मा, कराते प्रशिक्षक चित्र बहादुर राना (संसार) ले सम्मान साथ बिदाई गरेका थिए ।

     प्रथम

    प्रदेश नं  ३
    स्वर्ण – ११
    रजत – १

    द्वितीय

    प्रदेश नं  १
    स्वर्ण – १
    रजत – ४
    कास्य – ५

    तृतीय

    प्रदेश नं ५
    स्वर्ण – १
    रजत – २
    कास्य – ६

    १८९ पटक
    प्रतिकृया दिनुहोस्